+

काभा यू-२० भलिबलमा कांस्य जितेर स्वदेश फर्कियो नेपाली टोली

२०८१ साउन  १० गते १८:०९ २०८१ साउन १० गते १८:०९
काभा यू-२० भलिबलमा कांस्य जितेर स्वदेश फर्कियो नेपाली टोली

१० साउन, काठमाडौं । माल्दिभ्समा भएको काभा यू-२० वुमन्स भलिबल च्याम्पियनसिप खेलेर नेपाली यू२० महिला भलिबल टिम बिहीबार स्वदेश फर्किएको छ । चार राष्ट्र सहभागि प्रतियोगितामा नेपालले कास्य पदक जितेर नेपाल फर्किएको हो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, भलिबल संघका अन्य पदाधिकारी लगायतले खेलाडीलाई स्वागत गरेका थिए ।

जेनिशा विश्वकर्माको कप्तानीमा रहेको नेपालले प्रतियोगितामा  ५ खेल खेल्दा दुई खेल जितेको थियो ।

लिग चरणमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३–१ र दोस्रो खेलमा कीर्गिस्तान विरुद्ध ३–० को सेटमा पराजित भएको थियो ।  नेपालले लिगको अन्तिम खेलमा भने माल्दिभ्सलाई ३-० कै सेटमा पराजित गरेको थियो ।

लिग चरणमा तेस्रो भएको नेपालले सेमिफाइनलमा फेरि किर्गिस्तानसँग खेलेको थियो । तर ३-० को सोझो सेटमा पराजित भएपछि फाइनल पुग्न सकेन ।

सेमिफाइनलमा पराजित अर्को टोली माल्दिभ्ससँग नेपालले तेस्रो स्थानको लागि खेलेको थियो । जसमा नेपाल ३-० को सोझो सेटमा विजयी हुँदै कांस्य पदक जितेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार राईले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता प्रतियोगिता भएकोले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको र धेरै अनुभव लिने मौका पाएको बताए । उनले अन्तर्राष्ट्रिय स्तरमा यस्ता प्रतियोगिताहरु खेलिरहनुपर्ने प्रतिक्रिया दिए । राईले नेपालको रिसिभ र ब्लकमा कमजोरी भएको बताए ।

यस्तै कप्तान जेनिशा विश्वकर्माले नेपाललाई तयारीका लागि कम समय भएकोले राम्रो प्रदर्शन हुन नसकेको बताए ।

 

काभा यू-२० नेपाली महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय