
१० साउन काठमाडौं । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको विवरण संकलन गरिसकेको छ । भोलिसम्म केही शव आफन्तलाई हस्तान्तरण गर्ने विभागको योजना छ ।
सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
फरेन्सिक विभागले बुधबार साँझबाट पोस्टमार्टमको काम थालेको थियो । बिहीबार साँझसम्ममा शवहरूको तथ्यांक संकलन गरिसकेको छ ।
‘आफन्तले दिएको विवरण र पोस्टमार्टमको विवरण भिडाएर भोलि ४ बजेसम्म केही बडी रिलिज हुने आशाका साथ काम गरिरहेका छौं’ फरेन्सिक विभागका प्रमुख गोपाल चौधरीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4