+
+

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १०:४४

११ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटिसकेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?