+
+

विमान दुर्घटनापछि उद्धारमा खटिएका ५ प्रहरी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १२:३५

११ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार भएको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेर अदम्य साहससहित कर्तव्य पालन गरेको’ भन्दै उनीहरुलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा डीएसपीद्वय सुकदेव खनाल, टेक राउत र प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी छन् । उनीहरुलाई रेकर्डमा जोडिने गरी नगद पुरस्कारले पुरस्कृत गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उड्ने वित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । त्यसक्रममा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?