+
+

लचिलो माैद्रिक नीतिः नीतिगत दर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १२:४६

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिमा  नीतिगत दर घटाएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको मौद्रिक नीतिमा उल्लेख छ । बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता
उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने घोषणा गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?