+
+

मेयर नकर्मीप्रति देउवा र प्रकाशमानको श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १२:५०

११ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर राजकुमार नकर्मीको पार्थिव शरीर नगरपालिका कार्यालय परिसरमा राखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्य नेता–कार्यकर्ता, स्थानीयबासी र कर्मचारीहरु पनि श्रद्धाञ्जली अर्पणमा सहभागी छन् ।

मिर्गौला रोगबाट पीडित नकर्मीको ६० वर्षको उमेरमा गएराति निधन भएको थियो । उनको बीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मेयर नकर्मीको निधनपछि आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?