+
+

राष्ट्रपतिमा कमला ह्यारिसलाई ओबामाको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १६:०५
Photo Credit : Getty Images

११ साउन, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको विश्वास व्यक्त गरेका छन् ।

गत आइतबार राष्ट्रपति बाइडेनले आफू दौडबाट बाहिरिने घोषणा गरेपछि ओबामाले बाइडेनले दिएको निकासको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन गरेका थिएनन् ।

ओबामाको समर्थनसँगै ह्यारिस अगस्टमा हुने पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार बन्ने सम्भावना थप बलियो भएको छ ।

बीबीसीका अनुसार ओबामाले शुक्रबार ह्यारिसलाई समर्थन गर्दा उत्साहित रहेको र चुनावमा निर्वाचित गराउन सक्दो भूमिका खेल्ने बताएका छन् । ‘हामी राष्ट्रपति बाइडेनसँग सहमत छौं’ ओबामा दम्पत्तिले भनेका छन्, ‘ह्यारिसलाई छनौट गर्नु बाइडेनका सबैभन्दा राम्रो निर्णयहरूमध्ये एक थियो । यो पुष्टि गर्न उनीसँग राम्रो क्षमता र अनुभव छ ।’

ओबामा दम्पत्तिले ह्यारिसको क्यालिफोर्नियाका महान्यायाधिवक्ता, अमेरिकी सिनेटर र त्यसपछि उपराष्ट्रपतिको रूपमा गरेको काम सम्झँदै भने, ‘तर ह्यारिससँग अनुभव र पृष्ठभूमिभन्दा बढी दूरदृष्टि, चरित्र र सामर्थ्य छ जुन अहिलेको महत्वपूर्ण समयले माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?