+
+

ग्रान्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच २’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १६:२९

काठमाडौं । र्‍याप गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण सुरु भएको छ । कान्तिपुर टिभीले ग्रान्ड प्रिमियरको आयोजना गर्दै प्रसारण सुरु भएको जनाएको छ ।

प्रिमियर कार्यक्रममा जजका साथै मेन्टरले पनि प्रस्तुति दिएका थिए । पाँच हजारभन्दा धेरै प्रतियोगीको डिजिटल अडिसनबाट ५०० जना छनोट गरिएको थियो । यो कार्यक्रम बिहीबार र शुक्रबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगदसहित वर्ल्ड टुरको अवसर एवं ब्रान्ड इन्डोर्समेन्टको अवसर पाउनेछ । उपविजेताले नगद पाँच लाखका साथै विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् । हालसम्म कार्यक्रमको अस्ट्रेलिया, अमेरिका र दुबई टुर पनि कन्फर्म भइसकेको छ ।

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् । कार्यकारी निर्माताको रूपमा रोशनकुमार श्रेष्ठ छन् ।

निर्णायकको रूपमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ ‘दोङ’ छन् । पहिलो सिजनमा जजको रूपमा हाल काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका बालेन शाह थिए । मेन्टरको रूपमा पहिलो सिजनका विजेता भाइबर साइमन, भ्योमा र याबी द गोट रहेका छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?