
११ साउन, पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दिपक मनाङेले राइड सेयरिङलाई वैध बनाउने कार्यविधि खारेज गर्नुपर्ने ट्याक्सी व्यवसायीहरूको माग पूरा गर्न नसक्ने बताएका छन् ।
मन्त्रालयले राइड सेयरिङलाई वैध बनाउने कार्यविधि ल्याएपछि असन्तुष्ट बनेका ट्याक्सी व्यवसायीहरूले बिहीबार ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
शुक्रबार राइड सेयरिङमा सवारी चलाउनेहरू मन्त्री मनाङेलाई भेट्न गए । त्यसक्रममा मन्त्रीले ट्याक्सी व्यवसायीले सेवा रोके निःशुल्क सेवा दिन आग्रह गरे ।
त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मनाङेले ट्याक्सी व्यवसायीहरूको माग पूरा हुन नसक्ने बताए ।
ट्याक्सी व्यवसायीहरूले दिएको अल्टिमेटम २४ घन्टा बाँकी छ, के गर्नु हुन्छ भन्ने प्रश्नमा भौतिक पूर्वाधार मन्त्री मनाङेले भने, ‘२४ घन्टामा अलिअलि रक्सी खान्छु, सुत्छु । मैले उसको कुरा मान्दिनँ, यो त ब्याकमेलिङ जस्तो भयो ।’
प्रतिक्रिया 4