+
+

सौर्य एयर दुर्घटनाका १७ मृतकका परिवारले बुझे शव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १२ गते १९:५५

१२ साउन, काठमाडौं । गत बुधबार सौर्य एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १८ मध्ये १७ जनाको परिवारले शव बुझेका छन् ।

एक जना विदेशी नागरिकको शव बुझ्न भने अहिलेसम्म कोही नआएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।

९ साउनमा त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धेरैजसो सौर्य एयरलाइन्सकै कर्मचारी थिए । पाइलट मनिष शाक्यको भने जीवितै उद्दार भएको थियो ।

मृतकको शव पोस्टमार्टम गरेर शुक्रबार नै सकिए पनि परिवारका सदस्यहरुले बीमा, क्षतिपूर्ति र राहतको माग गर्दै शव नबुझ्ने अडान लिएका थिए । तर शनिबार ५ बजेसम्म सबै १७ जनाको परिवारले शव बुझेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?