+
+

पर्सामा एकै वर्ष सवारी साधन दुर्घटनामा ५१ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते ६:५८

१३ साउन, वीरगञ्ज (पर्सा) । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाको मृत्यु भएको छ । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए ।

आव २०७९/८० मा भने २९ पुरुष, पाँच/पाँचजना महिला र बालकको गरी ३९ जनाको मृत्यु भएको थियो ।

प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?