+

पेरिस ओलम्पिक : लगातार दुई खेल जित्दै स्पेन नकआउट चरणमा

२०८१ साउन  १३ गते ८:५७ २०८१ साउन १३ गते ८:५७
पेरिस ओलम्पिक : लगातार दुई खेल जित्दै स्पेन नकआउट चरणमा

१३ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत स्पेनले गएराति डोमिनिक रिपब्लिकलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

स्पेनले पहिलो खेलमा उज्वेकिस्तानलाई २-१ ले पराजित गरेको थियो ।

बोर्डेमा भएको खेलमा स्पेनलाई जित दिलाउन फर्मिन लोपेजले २४औं, एलेक्स बाएनाले ५५औं र मिगुएल गुटिएरेजले ७०औं मिनेटमा गोल गरे । डोमिनिका लागि मोन्तेस डे ओकाले ३८औं मिनेटमा एक गोल गरे ।

दोस्रो जितपछि स्पेन ६ अंक जोडेर समूह सी को शीर्ष स्थानमा छ । स्पेनले अब इजिप्टसँग समूहको अन्तिम खेल खेल्नेछ ।

इजिप्टले उज्वेकिस्तानलाई १-० ले हराएर पहिलो जित हात पारेको छ । दुई खेलबाट ४ अंकसहित इजिप्ट समूह्य सी को दोस्रो स्थानमा छ । डोमिनिकको एक अंक मात्र छ भने दुवै खेल हारेको उज्वेकिस्तान अंकविहिन छ ।

पेरिस ओलम्पिक २०२४ स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय