+
+

लालबन्दी भाषा तथा साहित्य पुरस्कारका लागि उत्कृष्ट १० को सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १०:०८

काठमाडौं । लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छनोट भएका छन् ।

विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको नेपाली सङ्‌गीत दरबार, धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्‍नहरू त बाँकी नै रहन्छन्, खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान सूचीमा परेका छन् ।

यी १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्‌मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए ।

पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?