+

सुटिङकी सुस्मिता र पौडीकी डुवानाको खेल आज

२०८१ साउन  १३ गते १०:४२ २०८१ साउन १३ गते १०:४२
सुटिङकी सुस्मिता र पौडीकी डुवानाको खेल आज

१३ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् ।

सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै पौडीमा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । उनी हिट चरणको हिट एक मा छिन् । उनको प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

शुक्रबार उद्घाटन भएको पेरिस ओलम्पिकमा शनिवार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेकोमा दुवै खेलाडी पराजित भए । टेबलटेनिसका श्यान्टु श्रेष्ठ मेन्स सिंग्ल्सको प्रारम्भिक चरणमै सेनेगलका खेलाडीसँग ४-० ले पराजित हुँदै बाहिरिए ।

ब्याडमिन्टनको मेन्स सिंगल्समा प्रिन्स दाहाल समूह पी को पहिलो खेलमा विश्वनम्बर दुई तथा ओलम्पिकको साविक स्वर्ण विजेता डेनिस भिक्टोर एक्सेलसनसँग २-० ले पराजित भए ।

पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय