+
+

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १२:२१

१३ साउन, काठमाडौं । पहिरोका कारण काठमाडौंबाट मकवानपुरको हेटौंडा राजे सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । शनिबार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध बनाएको हो ।

मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जसकरण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनका अनुसार करिब ५ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँ बिगारेकाले समय लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?