+

पेरिस ओलम्पिकमा प्रिन्स दाहालको प्रशिक्षक बनेका व्यक्ति को हुन्?

२०८१ साउन  १३ गते १५:०७ २०८१ साउन १३ गते १५:०७
पेरिस ओलम्पिकमा प्रिन्स दाहालको प्रशिक्षक बनेका व्यक्ति को हुन्?

१३ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा शुक्रबारदेखि सुरू भएको पेरिस ओलम्पिक २०२४ मा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग प्रतिस्पर्धा गरे । उक्त खेलमा प्रिन्सले आफ्नो बेस्ट प्रदर्शन दिए पनि २-० ले पराजित भए ।नेपालबाट प्रशिक्षक बिनै पेरिस पुगेका प्रिन्सको खेल हुँदा भने उनको साइडमा विदेशी प्रशिक्षक थिए ।

उनै विदेशी प्रशिक्षकले प्रिन्सलाई खेलमा निर्देशन दिइरहेका थिए । प्रिन्ससँग नेपालबाट कुनै प्रशिक्षक नगएपछि चर्को आलोचना भएको थियो । तर, पेरिस पुगेपछि विदेशी प्रशिक्षक राख्दा कस्लाई राखेको हो भन्‍नबारे नेपालमा धेरै चासो बढेको छ ।

यसबारे बुझ्दा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रिन्सको खेल प्रशिक्षक बेन्चमा बस्ने एल साल्भाडोरको प्रशिक्षक भएको जानकारी दिए । उनले भने, ‘हामीले पेरिस ओलम्पिकको अर्गनाईजिङ कमिटीलाई प्रस्ताव गरेका थियौं। त्यही अनुसार एल साल्भाडोरकोलाई प्रशिक्षक राखेका हौं।’

पेरिस पुगेदेखि नै प्रिन्स दाहाललाई उनै प्रशिक्षकले प्रशिक्षण दिएको श्रेष्ठले बताए । ‘एल साल्भाडोरको पनि एक जना खेलाडी हाम्रो पनि एक जना खेलाडी भएकोले दुवैले सँगै प्रशिक्षण गरेका थिए । प्रशिक्षणमा उनीहरु स्पायरिङ पार्टनरको रुपमा थिए ।’ उनले भने ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्यले पेरिस ओलम्पिकमा प्रिन्सको लागि विदेशी प्रशिक्षक राखिएको बताए ।  उनले भने, ‘हामीले श्रीलंकन अथवा अरु कुनै विदेशी कोचलाई राख्ने तयारी गरेका थियौं। यता आएपछि एल साल्भाडोरको प्रशिक्षकलाई राखेर प्रशिक्षण पनि गराइराखेका छौं ।’

मेन्स सिंगल्समा समूह पी मा रहेको प्रिन्सले अब जुलाइ २९ तारिखमा आयरल्यान्डका निहात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् ।

विश्व वरीयतामा निहात ४३औं तथा मिसा ५८औं स्थानमा छन् ।

पेरिस ओलम्पिक प्रशिक्षक प्रिन्स दाहाल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय