+
+

आगामी चुनावबाट साना दलहरुको बार्गेनिङ अन्त्य गर्नुपर्छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १८:५३

१३ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावबाट साना दलहरुको बार्गेनिङ अन्त्य गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले आगामी चुनाव २०८४ मा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने बताए । ‘६/६ महिनामा मन्त्री फेरिने अवस्थाले देश बन्दैन, देशमा अब राजनीतिक ध्रुवीकरण आवश्यक छ’, महासचिव पोखरेलले भने ।

ठूला दलहरुबीच प्रतिस्पर्धा हुनेगरी बन्ने ध्रुवीकरणले साना दलहरुको बार्गेनिङ गर्ने र अस्थिरता मच्याउने प्रवृत्ति अन्त्य हुने बताए । जनतामा रहेको निराशा चिर्दै राजनीतिक स्थायित्व कायम गर्न पनि धेरै पार्टी नभएर बलियो पार्टी चाहिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?