+
+

मुस्ताङमा पहिलो पटक देखियो तालुधर्से अर्जुनक प्रजातिको चरा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते ९:१६

१४ साउन, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने मुस्ताङमा नेपालका लागि नयाँ प्रजातिको चरा तालुधर्से अर्जुनक चरा फेला परेको छ । नेपाल पंक्षीविद् संघका अनुसार उक्त चरा समुद्री सतहबाट ३४५० मिटर उचाइमा फेला परेको हो ।

योसँगै नेपालमा जम्मा चराको संख्या ८९६ पुगेको छ भने फ्लाइक्याचर प्रजातिको संख्या २४ पुगेको छ ।

नेपालका चराविद् सञ्जय था श्रेष्ठ र शंकर तिवारीले मुस्ताङ पदयात्राका क्रममा ०८१ साउन २ गते उक्त चरा भेटेको र साउन १० गते नेपालका लागि नयाँ प्रजाति भएको एकीन भएको संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त चराको अंग्रेजी नाम स्पोटेड फलाइक्याचर रहेको पनि संघले उल्लेख गरेको छ । पास्रिफर्म्स वर्गमा पर्ने उक्त चरा युरोपदेखि उत्तर तथा दक्षिण अफ्रिका, रसिया, चिन, मंगोलिया र एसियाली देश इरान, पाकिस्तान, अफगानिस्तान र भारतका केही ठाउँमा भेटिएको रेकर्ड छ ।

‘नेपालबाट सबैभन्दा नजिक मंगोलिया, उत्तरी चिनका विभिन्न ठाउँहरु, पश्चिमतर्फ अफगानिस्तान र पाकिस्तानमा यो चरा पाइन्छ र यसले त्यहाँ प्रजनन् पनि गर्दछ र जाडो याममा नियमित दक्षिणतिर बसाइँ सर्छन्’, संघले भनेको छ, ‘बसाइँसराइका क्रममा बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?