+

नेपालको महिला-पुरुष टोलीले काभा बिच भलिबल च्याम्पियनसिप खेल्ने

२०८१ साउन  १४ गते ९:४८ २०८१ साउन १४ गते ९:४८
नेपालको महिला-पुरुष टोलीले काभा बिच भलिबल च्याम्पियनसिप खेल्ने
१४ साउन, काठमाडौं । भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालबाट पुरुष र महिला टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा यही साउन १७ गते १९ गतेसम्म  हुँदैछ ।
नेपालबाट महिलातर्फ कमला पुन र मनीषा चौधरी तथा पुरुषतर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा नेपाल पुलिस क्लबका प्रशिक्षक रूपेश बिष्ट छन् ।
बिच भलिबलमा पुरुषमा १० टिम र महिलामा ७ टिमको सहभागिता रहने भलिबल संघले जनाएको छ ।
पुरुषतर्फ नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उज्वेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् ।
उक्त च्याम्पियनसिपमा खेल्ने नेपाली टोली सोमबार भुटानतर्फ प्रस्थान गर्नेछन् । नेपाली महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् ।
नेपालको मिहला र पुरुष दुवै टोली दुई वर्ष अगाडि  बंगलादेशको कक्स बजारमा सम्पन्न एभिसी सेन्ट्रल जोन बिच भलिबलमा  रजत पदक जितेका थिए ।
पनि पुरुषतर्फ मानबहादुर र दिलबहादुरले नै प्रतिस्पर्धा गरेका थिए भने महिलामा कमला पुनसँगै कोपिला उप्रेतीले प्रतिस्पर्धा गरेकी थिइन् ।
नेपाली टोलीलाई आइतबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका निमित्त सदस्यसचिव अन्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।
काभा बिच भलिबल च्याम्पियनसिप नेपाली भलिबल टोली बिच भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय