+
+

धारिलो हतियार प्रहारबाट पश्चिम नवलपरासीमा युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते ११:१०

१४ साउन, बुटवल । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । सूर्यकुमार उमेश बढईको छोरा हुन् ।

सूर्यकुमारको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्ति अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?