+
+

लेडी गागाले फ्रान्सेली प्रधानमन्त्रीलाई चिनाइन् मंगेतर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १३:१६

काठमाडौं । हलिउड स्टार लेडी गागाका लागि विवाहको घण्टी चाँडै बज्ने देखिएको छ । पेरिस ओलम्पिकको क्रममा गायिकाले चार वर्षदेखिका प्रेमी माइकल पोलान्सकीलाई फ्रान्सेली प्रधानमन्त्री ग्रेबियल एटलसँग आफ्नो ‘फियोन्से’ (मंगेतर)को रुपमा परिचय गराएकी थिइन् ।

लेडी गागाले आइतबार ओलम्पिकको पौडी प्रतियोगिताको क्रममा प्रधानमन्त्रीलाई भेटेकी थिइन् । प्रधानमन्त्रीको टिकटकमा उक्त भिडियो पोस्ट गरिएको छ ।

पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा प्रस्तुति दिन फ्रान्स पुगेकी लेडी गागा सप्ताहन्तदेखि नै पेरिसमा छिन् । सीएनएनले यसबारे समाचार लेखेको छ ।

लेडी गागा र प्रविधि उद्यमी समेत रहेका पोलान्सकी सन् २०२० मा सुपर बाउल सप्ताहन्तमा भेटिएका थिए । उनीहरुले त्यतिबेलाको रोमान्स इन्स्टाग्राममा सार्वजनिक गरेका थिए ।

सम्बन्धलाई गोप्य राख्दै आएको यो जोडीले यसपटक भने खुलेरै सम्बन्धलाई चिनाइरहेको छ । गागाले बेलाबेलामा पोलान्स्कीसँगका फोटो सार्वजनिक गर्दै आइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?