+
+

कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुम थापामगरको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १४:३१

१४ साउन, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दिएकी छन् ।

यसअघि समितिकी सभापति आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि पद रिक्त रहेको थियो । सोमबार थापाले उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।

रुकुम पूर्व घर भएकी थापा महामन्त्री गगन थापा निकट हुन् । उक्त समितिको सभापतिमा अर्को उम्मेदवारी नपरेमा उनी सर्वसम्मत सभापति चयन हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?