+
+

सामाजिक सञ्जालमार्फत ५६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १८:५५

१४ साउन, काठमाडौं । सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ५६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा घर भएका २७ वर्षीय इम्तियाज अहमद छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सिरहाको लहानबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

उनलाई ठगीको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी विदेशमा रहेका एक नेपाली व्यक्तिको कोभिडका कारण मृत्यु भएको उनले बताउने गरेका थिए । अहमद आफूले समेत विदेशी नागरिक बनेर सामाजिक सञ्जालमा कुराकानी गर्ने गरेका थिए ।

विदेशमा मृत व्यक्तिको बैंकको खातामा ठूलो रकम रहेकोले उक्त रकम लिन भन्दै त्यसको उत्तराधिकारी बनाउने प्रलोभन देखाएर उनले ठगी गरेको आरोप छ । यो शैलीमा उनले ५६ लाख १० हजार ६९९ रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?