+
+

चीनको राजदूतमा कृष्णप्रसाद ओली सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते २०:४३

१४ साउन, काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए ।

बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । शर्मालाई माओवादी–एमाले गठवन्धन सरकारले अघिल्लो महिनामात्रै फिर्ता बोलाएको थियो । सत्ता गठवन्धन फेरिएसँगै काँग्रेस सिफारिसमा नियुक्त भएका शर्मालाई दिल्लीमै निरन्तरता दिने नयाँ निर्णय भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?