+
+

पल र बेनिशालाई लिएर ‘कल्ली’ निर्देशन गर्दै लक्ष्मण सुनार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते ११:३७

काठमाडौं । पल शाह र बेनिशा हमाललाई शीर्ष भूमिकामा लिएर लक्ष्मण सुनारले फिल्म ‘कल्ली’ निर्देशन गर्ने भएका छन् । यो फिल्म रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रस्तुतकर्तामा किरण नेपाली छन् । ‘बुलाकी’ फेम्ड सुनारको यो आगामी निर्देशकीय फिचर हो । महेश दवाडीको पटकथा तथा संवाद हुने प्रेषित विवरणमा उल्लेख छ ।

छायांकनअघि टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको छ । यो पोस्टरमा चरित्र चित्रणदेखि फिल्मको मुडसम्म चित्रण छ । पोस्टरअनुसार फिल्म एक्सनप्रधान हुने अपेक्षा गर्न सकिन्छ ।

पोस्टरमा पल र बेनिशा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । यी दुईले रजतपटमा पहिलोपटक सहकार्य गर्न लागेका हुन् । फिल्मको प्रदर्शन चैत २९ गते गर्ने जनाइएको छ ।

यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?