+
+

त्रिविको बेरुजु बढेको छैन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १३:४०

१५ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको बेरुजु बढन नदिए पनि कम गर्न नसकेको बताएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘ त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न दिइएको छैन। तर कम गर्न सकिएको छैन।’

उनले महालेखा परीक्षकको कार्यलयको ५७औं प्रतिवेदनले २८ अर्ब ६७ करोड बढी बेरुजु देखाए पनि अहिले करिब त्रिविको २२ करोड रहेकोले हरेक वर्ष एक करोड बेरुजु फर्स्योट भई रहेको दाबी गरे ।

विविध कारणले सम्परीक्षण हुन नस्किरहेकोले बेरुजु फर्स्योटको विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?