+
+

कम्बोडियाले नेपाली नागरिकलाई पर्यटक र व्यापार भिसा दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १३:४४

काठमाडौं । कम्बोडियाले नेपाली नागरिकलाई पर्यटक र व्यापार भिसा दिने भएको छ ।

नेपालमा रहेको कम्बोडियाको मानार्थ वाणिज्य दूतावासले नेपाली नागरिकका लागि भिसा दिने घोषणा गरेको हो ।

कूटनीतिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यले यस्तो सेवा दिन लागिएको जनाइएको छ । जसबाट दुई राष्ट्र बीचको घनिष्ठ सम्बन्धलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

पानी पोखरीस्थित वाणिज्य दूतावास कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कम्बोडियाका अवैतनिक वाणिज्यदूत क्याबिनेट श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

नेपाली नागरिकलाई भिसा दिने कार्यले दुवै देशबीचको बलियो सम्बन्धलाई सुदृढ बनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?