
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
छुट सम्बन्धी योजनामा दुवै संस्थाबीच समझदारी भएको छ । समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र र्याडिसन होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकलाई र्याडिसन होटल काठमाडौंले १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।
र्याडिसन होटलले उपलब्ध गराउने सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टबाट उपलब्ध हुने सेवामा पनि ग्राहकले छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4