+
+

राप्रपाले बोलायो जिल्ला अध्यक्षहरूको भेला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १८:२६

१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अध्यक्षहरूलाई काठमाडौं बोलाएको छ ।

१७–१८ साउनमा हुने भेलाका लागि देशभरका जिल्ला अध्यक्षलाई काठमाडौं बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘संगठनात्मक अवस्थाको समीक्षा र आगामी रणनीति तयार पार्नेगरी भेला बोलाइएको हो,’ श्रेष्ठले भने ।

उनका अनुसार पार्टीको आन्तरिक गतिविधिसँगै आगामी चुनाव ०८४ को तयारी गर्न पनि यो भेला बोलाइएको हो ।

धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी कार्ययोजनाबारे जानकारी दिनेछन् भने पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संगठनात्मक अवस्थाबारे छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?