+
+

९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १९:२१

५ साउन, काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए ।

उनका अनुसार उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई  उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने  उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ । उनी उच्च अदालत पाटनमा काजमा थिए ।

यस्तै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ भने उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई भने  उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।

यस्तै जिल्ला न्यायाधीशहरूको पनि व्‍यापक सरूवा गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश (काज: सर्वोच्च अदालत) महेन्द्रबहादुर कार्कीलाई काठमाडौं जिल्ला अदालतमा सरूवा गरिएको छ भने  डडेल्धुरा जिल्ला अदालतका न्‍यायाधीश (काज: चितवन जिल्ला अदालत) दयाराम ढकाललाई चितवन जिल्ला अदालतमा सरूवा गरिएको छ ।

हेर्नुहोस् कुन न्यायाधीश कहाँ सरूवा भए ?  : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?