+
+

भक्तपुरमा डुबान, कपास र फर्निचर उद्योगमा पस्यो बाढी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ७:४३

१६ साउन, काठमाडौं । रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पुर्‍याएको छ । सल्लाघारी, जगाती लगायत स्थानका घरमा बाढी पसेको छ ।

आज बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा पनि बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर टेकेन्द्र पौडेलले जानकारी दिए ।

पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ । त्यहाँ अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा व्रह्मायणी खोलाको बाढी पसेको थियो । बाढीले फर्निचर उद्योगका प्लाई र मेसिन गरी १० लाख बराबरको क्षति पुगेको प्रजापतिले प्रहरीलाई विवरण टिपाएका छन् ।

भक्तपुर प्रहरीका अनुसार बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति पुगेको जानकारी भने आएको छैन । तर, विभिन्न स्थानमा बस्ती जलमग्न भएका छन् । सधैं डुबान हुने गरेको राधेराधे क्षेत्रमा भने ठूलो बाढी देखिएको छैन ।

विगत १२ घण्टाको अवधिमा काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको थियो । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती, गोदाबरी लगायतका नदी तथा खोलाहरुमा बाढी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?