+
+

ललितपुरमा बाढी : विभिन्न स्थानबाट २४ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ८:५४

१६ साउन, काठमाडौं । गएरातिको वर्षासँगै आएको बाढी र डुबानका कारण जोखिममा परेका २४ जनालाई ललितपुरका विभिन्न स्थानबाट प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले बागमती करिडोर लगायतका स्थानबाट ३ बालबालिका, ८ महिला र १३ पुरुष गरी २४ जनाको उद्धार गरेको हो ।

प्रहरीका अनुसार ललितपुरको यूएन पार्कबाट एक पुरुष र एक महिला गरी २ जना, सुन्दरीघाटबाट ४ पुरुष र ४ महिला गरी ८ जना, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका-७ चागाथलीबाट २ बालक, २ महिला र ३ पुरुष गरी ७ जना, ललितपुरकै सानेपास्थित राम मन्दिर नजिकबाट १ महिला, १ बालक र ४ जना पुरुष गरी ६ जनाको उद्धार गरेको छ ।

सानेपा राम मन्दिर नजिकबाट खसी बाख्राहरुको समेत प्रहरीले उद्धार गरेको थियो ।

रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुर्‍याएको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो ।

ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो । अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्याल्य, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको रााम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ ।

इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।

काठमाडौंको बाफल क्षेत्रमा पनि डुबान भएको छ । बाफलस्थित ज्ञानोदय स्कुलभित्र भल पसेपछि आज बिदा दिइएको छ ।

काठमाडौंको धोबिखोला, चाबहिल, कपन क्षेत्रमा बाढीको सतह सतर्कताको तहसम्म पुगेको छ । त्यसैले खाला किनारका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत् अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?