+
+

भोजपुर इर्खुवा खोला बाढी : ८ वटा पुल र जलविद्युत आयोजनामा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १०:४०

१६ साउन, काठमाडौं । भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्‍याएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष दौलथ राईका अनुसार बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

अध्यक्ष राईका अनुसार बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल,  नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्‍याएको छ ।

त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्‍याएको अध्यक्ष राईले जानकारी दिएका छन् । बाढीले अन्य ३ हाइड्रोपावरमा पनि क्षति पुगेको उनले जनाए । ‘खोला किनारको वस्तिहरु प्रभावित भएको छ’, उनले भनेका छन् ।

बाढीले बगाउँदा इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता छन् । मध्यरातमा आएको बाढीले ३ जनालाई बगाउँदा एकजनाको भने उद्धार गरिएको र उनको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?