+
+

सुनको भाउ तोलामा १८ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १२:३८

१६ साउन, काठमाडौं । सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन १७४० रुपैयाँमा कारोबार भएको चाँदी १७८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?