+
+

बिरामी बोकेको हेलिकप्टर लेकबेशीमा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १५:४१

१६ साउन, सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएको थियो ।

मौसम खराबीका कारण लेकबेशी नगरपालिका–६, रामघाटको पूर्वतर्फ धान रोपेको खेतमा केहीबेर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हेलिकप्टर अवतरण गरेर बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।

सुर्खेत प्रहरी प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माका अनुसार मौसममा सुधार आएपछि हेलिकप्टर सुर्खेत एयरपोर्टमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?