+
+

कर्मचारी सरुवाका लागि निवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:०४

१६ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको छ । बुधबार एक सूचना जारी गरेर एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन इच्छुकका लागि निवेदन आह्वान गरेको हो ।

राजपत्रांकित द्वितीय श्रेणीसम्मका निजानमती कर्मचारीले आफ्नो वैयक्तिक विवरण (पीआईएस) अद्यावधिक गरेर १५ दिनभित्र निवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले यस्तो निवेदन दिन पाउनेछन् । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा अन्तरमन्त्रालय र निकाय सरुवा गर्नुपर्ने हुन्छ ।

नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, क्षेत्रीय (प्रदेश) स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।

यिनै व्यवस्थाअनुसार मन्त्रालयले निवेदन मागेर मापदण्डअनुसार नियमित सरूवा गर्ने तयारी गरेको हो । तर, मन्त्रालयले गर्ने ८७ प्रतिशत सरूवा अनियमित तबरले हुने समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?