+
+

शंकरदेव क्याम्पसका स्ववियु उपाध्यक्षमाथि क्याम्पस परिसरभित्रै आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:४२

१६ साउन, काठमाडौं । शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि आक्रमण भएको छ ।

मंगलबार राति ८ बजे क्याम्पस परिसरभित्रै माझीमाथि आक्रमण भएको भन्दै स्ववियुले घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।

आक्रमणबाट माझीको टाउको फुटेको र अहिले उनको उपचार अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भइरहेको छ ।

अनेरास्ववियु एकाइ अध्यक्ष बालकृष्ण खड्का आक्रमणमा संलग्न रविन शाही पक्राउ परेको जानकारी दिए । खड्काले भने, ‘साढे सात बजेसम्म हाम्रो पढाइ हुन्छ । तर बेलुका गार्ड हुँदैनन् । त्यसले जोखिम बढ्दै गइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?