+
+

गुल्मीमा धान रोप्ने क्षेत्रफल घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते ७:२४

१७ साउन, गुल्मी । गुल्मीमा बर्सेनि धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । पछिल्ला केही वर्षमा धान रोप्ने क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीको तथांकमा उल्लेख छ ।

आधा साउन सकिंनै लाग्दा जिल्लाभर ९३ प्रतिशत धान रोपाइँ भएको छ । यहाँ यसपटक ७ हजार १८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा केही कम हो ।

गुल्मीमा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान रोप्ने गर्दछन् । छिटफुट बाहेक जिल्लामा धान रोपाइँ सकिएको छ ।

जिल्लामा कुल ८ हजार ९५३ हेक्टरमा धान खेती गर्ने उब्जाउ योग्य जमिन रहेको छ । तर, बर्सेनि क्षेत्रफल घटर्दै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार जिल्लामा २०७७/०७८ मा ७ हजार ९२६, २०७८/०७९ मा ७ हजार ८४४ र हेक्टर र २०७९/०८० मा ७ हजार २१० हेक्टरमा क्षेत्रफलमा धान खेती गरेको पाइएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

जिल्लामा सबैजसो ठाउँमा सिंचाइको व्यवस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ति विदेशिएकोले पनि खेतीयोग्य जमीन बाँझो हुने थालेको हो ।

गुल्मीका किसानले रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामेलगायतका जातका धान लगाउने गर्छन् ।

हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर, उपज लगायतरहेका छन् । यसवर्ष कृषि ज्ञानकेन्द्रले रैथाने बाली संरक्षण गर्न भन्दै धानको बीउसमेत वितरण गरेको प्रमुख भण्डारीले बताए ।

जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।

कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा र छापचौर, सत्यवतीमा लिम्घा, अस्लेवा, खैरेनी, साहाघाट र चेहमीका फाँटहरुमा रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिकामा तल्लाफाँट, इन्दे्रगौडां, भुवाचिदि, वामीटक्सार, पौदीअरेवा, धान खेती हुन्छ ।

यस्तै, मालिका गाउँपालिकाको सिमलटारी, मदानेको सिर्सेनीको सिम, अग्लुङफेदी र भनभनेको तल्लो क्षेत्र, धुर्कोटको पनाहाखोला र छल्दीको आसपास, इश्माको चौरासी फाँट, हुलाके, छल्दीखोलाको र निस्ती खोलाको आसपासमा धान खेती गरिंदै आइएको छ ।

गुल्मीदरबारको गरमटारी, खरज्याङ, टारीफाँट र घोडाहाफाँट, छत्रकोटको खरज्याङ, मनवाग, अगाहा, उल्लिखोला रुरुको टाहाटिम, घिउँवेशीलगायतका क्षेत्रमा धान खेती गरिदैं आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?