+

पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

२०८१ साउन  १७ गते ७:५१ २०८१ साउन १७ गते ७:५१
पेरिस ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

१७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिकमा महिला फुटबलतर्फ क्वाटरफाइनल समीकरण पूरा भएका छन् । बुधबार राति लिग चरणका खेलहरु सकिएपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

समूह ए बाट फ्रान्स र क्यानडा शीर्ष दुईमा हरँदै क्वाटरफाइनल पुग्दा समूह बी बाट अमेरिका र जर्मनीले अन्तिम ८ मा स्थान बनाए ।

फ्रान्सले अन्तिम खेलमा न्युजिल्याण्डलाई २-० ले तथा क्यानडाले कोलम्बियालाई १-० ले पराजित गर्‍यो । समूह बीअन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई २-१ ले तथा जर्मनीले जाम्बियालाई ४-१ ले हरायो ।

यस्तै समूह सी बाट स्पेन र जापान शीर्ष दुईमा रहँदै क्वाटरफाइनल पुगेका हुन् ।

ब्राजिलललाई अन्तिम खेलमा २-० ले पराजित गर्दै स्पेन समूह सी मा सबै तीन खेल जितेर शीर्ष स्थानमा रहेको हो । यस्तै नाइजेरियालाई ३-१ ले हराउँदै जापान समूह उपविजेता बन्यो ।

यसैगरी तेस्रो हुने मध्येबाट उत्कृष्ट दुईमा रहँदै कोलम्बिया र ब्राजिलले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

अब क्वाटरफाइनलमा आयोजक फ्रान्सले ब्राजिलसँग खेल्नेछ भने स्पेनले कोलम्बिया, अमेरिकाले जापान तथा क्यानडाले जर्मनीसँग खेल्नेछ । क्वाटरफाइनल खेलहरु अगष्ट ३ मा हुनेछ । यस्तै सेमिफाइनल खेल अगष्ट ६ र फाइनल खेल अगष्ट १० मा हुनेछ ।

पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय