+

काभा वुमन्स नेसन्स लिग आजदेखि, नेपालले उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै

२०८१ साउन  १७ गते ८:०१ २०८१ साउन १७ गते ८:०१
काभा वुमन्स नेसन्स लिग आजदेखि, नेपालले उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै

१७ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

त्यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलोपटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।

आजै साँझ पौने ६ बजे भारत र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलोपटक नेपालमा खेल्न आएको हो ।

नेसन्स लिग राउण्ड रोविन लिगका आधारमा हुनेछ । सिंगल राउण्ड रोविन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।

लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ हुने टोली बाहिरिनेछ । लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।

काभा वुमन्स नेसन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय