+
+

विदेश पढ्न जान गत वर्ष १ लाख १२ हजारले लिए अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १४:५४

१७ साउन, काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा एक लाख  भन्दा बढी नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको १ साउन २०८० देखि ३१ असार २०८१ सम्मको तथ्यांक अनुसार एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जनाले एनओसी लिएका छन् ।

यस्तै अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन् ।                                                              

जापानी भाषा पढ्न ३३ हजारले लिए अनुमति

वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार ३३ हजार भन्दा बढीले जापानी भाषा अध्ययनका लागि एनओसी लिएका छन् । तथ्यांक अनुसार ३३ हजार ६९७ जनाले जापानी  भाषाको लागि एनओसी लिएका हुन् ।

त्यस्तैगरी २८ हजार ८९१ जनाले व्यवस्थापन विषय अध्ययन गर्नका लागि, १० हजार २९ जनाले बिजनेस अध्ययनका लागि, सूचना प्रविधि पढ्नका लागि ५ हजार ९११ जनाले, विज्ञान पढ्नका लागि ५ हजार ३८४ जनाले, कम्प्युटर विज्ञान पढ्नको लागि ४ हजार ९९२ जनाले अनुमति लिएका छन् ।

स्वास्थ्य पढ्नका लागि ४ हजार १५९ जना, विज्ञान प्रविधिको लागि ४ हजार १०२  लगायत विभिन्न विषयमा अध्ययन गर्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?