+

काभा वुमन्स नेसन्स लिगमा भारतले इरानलाई हरायो

२०८१ साउन  १७ गते १९:५७ २०८१ साउन १७ गते १९:५७
काभा वुमन्स नेसन्स लिगमा भारतले इरानलाई हरायो

१७ साउन, काठमाडौं । भारतले काभा वुमन्स भलिबल नेसन्स लिगमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

भारतले इरानलाई २५–२०, २५–१८, १९–२५ र २५–११ ले पराजित गर्‍यो ।

लिगको दोस्रो दिन शुक्रबार श्रीलंका र इरान तथा भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

नेपालले बिहीबार भएको उद्घाटन खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले दोस्रो खेलमा पर्सि, शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

काभा वुमन्स भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय