+
+

एमालेमा कुन नेतालाई के जिम्मेवारी ? सूचीसहित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते २०:२८
बिहीबार बसेको एमाले सचिवालय बैठक ।

१७ साउन, काठमाडौं । नेकपा एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको छ । सचिवद्वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन्  । अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् ।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज तोकिएको छ ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।

यस्तै मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तराष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि यो विभागको प्रमुख रहेका राजन भट्टराईलाई भने बागमतीमा इन्चार्ज बनाइएको छ ।

हेर्नुहोस् एमालेका कुन नेतालाई के जिम्मेवारी –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?