+

यु-१८ युथ लिगमा एपीएफलाई हराउँदै मनाङ शीर्ष स्थानमा

२०८१ साउन  १७ गते २१:४१ २०८१ साउन १७ गते २१:४१
यु-१८ युथ लिगमा एपीएफलाई हराउँदै मनाङ शीर्ष स्थानमा

१७ साउन, काठमाडौं । आत्मघाती गोल उपहार पाएपछि मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति एन्फा यू-१८ युथ लिगमा बिहीबार एपीएफलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङका लागि दर्शन अधिकारीले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

६४ मिनेटमा एपीएफका सुदीप सुनारले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए ।

खेल सकिन चार मिनेट अघि एपीएफका अमन मोक्तानले आत्मघाती गोल गरेपछि मनाङले २-१ को जित निकालेको हो ।

६ खेलमा पाँचौ जित निकालेको मनाङ १५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

तेस्रो हार व्यहोरेको एपीएफ समान खेलबाट ७ अंकसहित पाँचौ स्थानमा छ ।

बिहीबारै भएको अर्को खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै दोस्रो जित निकालेको छ ।

थ्री स्टारका लागि रोमन श्रेष्ठले दशौँ र १४औं मिनेटमा गोल गरे । जितपछि ६ खेलबाट ७ अंक जोडेको थ्रीस्टार सातौं स्थानमा उक्लेको छ । जावालाखेल समान खेलबाट ५ अंकसहित आठौं स्थानमा छ ।

फुटबल मनाङ मर्स्याङ्दी यु-१८ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय