+
+

म्युचुअल फण्डले धमाधम घोषणा गर्न थाले लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते ९:४२

१८ साउन, काठमाडौं । म्युचुअल फण्डले धमाधम लाभांश घोषणा गर्न थालेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फण्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । विभिन्न नाममा म्युचुअल फण्डका ३६ योजना दोस्रो बजारमा सूचीकृत छन् । सूचीकृत ३६ योजनामध्ये ७ वटाले लाभांश घोषणा गरेका छन् ।

एनआईसी एसिया बैंक र लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धन गरिएका योजनाले लाभांश घोषणा गरेका छन् । उनीहरुले ४.५ देखि १४ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

म्युचुअल फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् । उदाहरण : यदि कुनै म्युचुअल फण्डले १२ प्रतिशत लाभांश घोषणा गरेको छ, भने उसले दिने लाभांश १० को १२ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ २० पैसा हुन्छ ।

१ हजार कित्ता होल्ड गरेको व्यक्तिले १२ प्रतिशत लाभांश घोषणा हुँदा १२ सय रुपैयाँ नगद प्राप्त गर्दछ । प्रतिइकाइ १० रुपैयाँमा सर्वसाधारणबाट रकम जुटाएर म्युचुअल फण्डले विभिन्न कम्पनीका सेयर, ऋणपत्र, निक्षेपमा लगानी गर्दछन् । सोही लगानीबाट आउने नाफाबाट वार्षिक रुपमा इकाइधनीलाई लाभांश प्रदान गर्दछन् ।

सेयर बजारमा लगानीबारे जानकारी नहुने, समय दिन नसक्नेलाई म्युचुअल फण्डको लगानी उपयुक्त हुन्छ । अहिले पनि दोस्रो बजारमा कतिपय म्युचुअल फण्डको मूल्य १०/११ रुपैयाँमै किन्न पाइन्छ ।

म्युचुअल फण्डका योजनाको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ)अनुसार बजार मूल्य घटबढ हुने गर्दछ । समग्र बजार घटेर १८ सय नजिक झरेका बेला कतिपय म्युचुअल फण्डको मूल्य पनि ७ रुपैयाँसम्म झरेको थियो । अधिकांश लगानी दोस्रो बजारमा हुने भएकाले  सेयरको मूल्य घटबढ हुँदा म्युचुअल फण्डको न्याभ र मूल्य पनि प्रभावित हुने गर्दछ।

गत आवको नाफाबाट लाभांश घोषणा गरेका म्युचुअल फण्ड

योजना लाभांश 
एनआईसी एसिया सेलेक्ट ३० १४%
एनआईसी एसिया फ्लेक्सी क्याप १०.५०%
एनआईसी एसिया डाइनामिक १०%
एनआईसी एसिया ग्रोथ फण्ड ९.५०%
एनआईसी एसिया ब्यालेन्स फण्ड ९.२५%
लक्ष्मी भ्यालु फण्ड २ ४.५%
लक्ष्मी उन्नति कोष ७.५%
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?