+

पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल खेल आज

२०८१ साउन  १८ गते १०:४० २०८१ साउन १८ गते १०:४०
पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल खेल आज

१८ साउन, काठमाडौं । फ्रान्समा भइरहेको पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलका खेलहरु आज हुँदैछ । पहिलो क्वाटरफाइनमा मोरक्कोले अमेरिकासँग खेल्नेछ ।

समूह चरणमा अर्जेन्टिनालाई पराजित गर्दै समूह बी को विजेता बनेको मोरक्को उच्च मनोबलका साथ मैदान उत्रनेछ । यो खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे पेरिसमा हुनेछ ।

दोस्रो सेमिफाइनलमा एसियाली राष्ट्र जापानले स्पेनको सामना गर्नेछ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे लियोनमा हुनेछ । यस्तै इजिप्ट र पाराग्वेबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे मार्सेमा हुनेछ ।

क्वाटरफाइनलको सबैभन्दा ठूलो खेल आयोजक फ्रान्स र अर्जेन्टिनाबीच हुनेछ । यो खेल नेपाली समय अनुसार मध्यराती १२:४५ बजे बोर्डेक्समा हुनेछ । पुरुष फुटबलमा समूह ए बाट आयोजक फ्रान्ससँगै अमेरिका, समूह बी बाट मोरक्को र अर्जेन्टिना, समूह सी बाट इजिप्ट र स्पेन तथा समूह डी बाट जापान र पाराग्वेले अन्तिम ८ मा स्थान बनाएका हुन् । सेमिफाइनल अगष्ट ५ मा हुनेछ भने फाइनल खेल अगष्ट ९ मा हुनेछ ।

ओलम्पिक फुटबल गृष्मकालीन पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय