+
+

थाई एयर एसियाले पायो भैरहवामा साताको चार उडान अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १२:२४

१८ साउन, काठमाडौं । थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीका अनुसार थाई एयर एसियालाई नेपालमा कुल सात उडान अनुमति दिइएको छ । जसमध्ये तीन उडान काठमाडौं र चार उडान भैरहवाबाट गर्ने गरी अनुमति दिइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भिड हुँदा वायुसेवा कम्पनीलाई प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलमा उडानका लागि प्राथमिकता दिइरहेको उनले बताए ।

भैरहवा विमानस्थलमा यसअघि जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान थाले पनि निरन्तरता भने दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?