+

काभा बिच भलिबल च्याम्पियनसिप : नेपाली महिला टिमको लगातार दोस्रो जित

२०८१ साउन  १८ गते १३:२५ २०८१ साउन १८ गते १३:२५
काभा बिच भलिबल च्याम्पियनसिप : नेपाली महिला टिमको लगातार दोस्रो जित

१८ साउन, काठमाडौं । भुटानको थिम्पुमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २-० सेटमा हरायो ।

कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१-५, २१-४ ले हरायो ।

पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, २१-१५ ले हराएको थियो । नेपाली महिला टोलीले आजै समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।

पुरुषतर्फ नेपालले शुक्रबार पहिलो जित निकालेको छ । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले भुटान बी टिमलाई २१-१४, २१-१४ ले पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पारेको हो । नेपालले आजै उज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिबार हुनेछन् ।

तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक-एक टोली सहभागी छन् ।

काभा बिच भलिबल काभा भलिबल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय