+
+

गुरूदेव कामतको निधनमा मधेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १५:०४

१८ साउन, जनकपुरधाम। शास्त्रीय संगीतका साधक गुरूदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ ।

मधेश प्रदेशका मुख्‍यमन्त्री सतिशकुमार सिहले विज्ञप्ति जारी गर्दै संगीत साधक दुरूदेवको निधनमा राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय भएको बताएका छन् ।

कामतको शोकाकुल परिवारप्रति समवेदना व्‍यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘…मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनु भएका स्व.गुरूदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकार मिति २०८१/०४/२० गते आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय गरेको छ।’

शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामतको  ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?