+

काभा बिच भलिबलमा नेपाली पुरुष टोलीको लगातार दोस्रो जित

२०८१ साउन  १८ गते १५:३९ २०८१ साउन १८ गते १५:३९
काभा बिच भलिबलमा नेपाली पुरुष टोलीको लगातार दोस्रो जित

१८ साउन, काठमाडौं । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उज्वेकिस्तानका मुहामादिएभ र शारिपोभको जोडीलाई २१-१५, २१-१४ ले पराजित गरेको हो ।

आजै भएको पहिलो खेलमा नेपालले भुटान बी टिमलाई सोझो सेटमन पराजित गरेको थियो । नेपालले आजै समूहको अन्तिम खेलमा ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ ।

पुरुषतर्फ पहिलो खेलमा नेपाल माल्दिभ्स ए टिभ २-० को सेटमा पराजित भएको हो ।

कमला पुन र मनिषा चौधरी सम्मिलिति नेपालले महिलातर्फ पनि लगातार दोस्रो जित हात पारेको थियो ।

महिलातर्फ पहिलो खेलमा नेपालले उज्वर्किस्तानलाई र दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । महिलातर्फ अब नेपालले माल्दिभ्ससँग खेल्न बाँकी छ ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिवार हुनेछन् ।

तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक-एक टोली सहभागी छन् ।

उज्वेकिस्तान काभा बिच भलिबल नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय